उनीहरुविरुद्ध आपराधिक उपद्रव गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो ।
काठमाडौँ — बुढानीलकण्ठ नगरपालिका-१२ का वडाध्यक्षको घर र कार्यालयमा तोडफोडमा संलग्न भएको आरोपमा ४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
मुद्दामा काभ्रे घर भई बुढानीलकण्ठ–१० बस्ने २६ वर्षीय राजकुमार तामाङ, सोलुखुम्बु घर भई बुढानीलकण्ठ–११ बस्दै आएका २२ वर्षीय निशान खड्का, ओखलढुंगा घर भई बुढानीलकण्ठ बस्ने २० वर्षीय पवन बानियाँ र वडा नं. १२, बालकुमारी टोल बस्ने ४६ वर्षीय प्रेमबहादुर कार्की प्रतिवादी छन् ।
प्रहरीले गरेको अनुसन्धानका आधारमा उनीहरुविरुद्ध आपराधिक उपद्रव गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो ।
नगरपालिकाको वडा नं. १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईको घरभित्र अनधिकृत रुपमा प्रवेश गरेर तोडफोड र आगजनी गरी बहुमूल्य सामान लुटपाट गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । त्यसपछि प्रहरीले सार्वजनिक रुपमा उपलब्ध फोटो र भिडियोका आधारमा अनुसन्धान भएको थियो ।
