प्रहरी वृत्त बानेश्वरमा तोडफोड तथा आगजनी गर्ने पक्राउ

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कार्तिक १८, २०८२

रासस

Vandalism and arson suspect arrested in Baneshwor Police Circle

काठमाडौँ — नेपाल प्रहरीले जेन–जी आन्दोलनका क्रममा प्रहरी वृत्त नयाँबानेश्वरको भवन तोडफोड तथा आगजनी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले भदौ २४ गते प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन, प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनमा तोडफोड आगजनी गर्ने, प्रहरी युनिफर्मलगायत सामग्री लुटी दुरुपयोग गर्ने धनुषा घर भई ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने १८ वर्षीय शिवम् चौधरीलाई पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले प्रहरी वृत्त तोडफोड, आगजनी गर्नुका साथै सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्ने तथा आक्रमण गर्नका लागि भीडलाई उत्तेजित पार्ने अभिव्यक्ति दिएको आरोपमा चौधरीलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । 

रासस

Link copied successfully