बागमती प्रदेशकी पूर्वराज्यमन्त्री रजनी जोन्छेँको निधन

रजनी सहिद राधेश्याम जोन्छेँकी पत्नीसमेत हुन्

कार्तिक १८, २०८२

सुन्दर शिल्पकार

Former Minister of State of Bagmati Province Rajani Jonchhen passes away

काठमाडौँ — कांग्रेस महासमिति सदस्य एवं बागमती प्रदेशसभाकी पूर्व सदस्य तथा बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेँको निधन भएको छ ।

सहिद राधेश्याम जोन्छेँकी पत्नीसमेत रहेकी रजनीको मध्यपुर अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा आज बिहान निधन भएको कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए ।

आज बिहान १० बजेसम्म उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नका लागि स्वर्गीय जोन्छेँले स्थापना गरेको सहिद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठान, कटुञ्जेमा राखिएको थियो । जोन्छेँ प्रतिष्ठानकी अध्यक्षसमेत थिइन् ।

जोन्छेँको पार्थिव शरीरमा कांग्रेसका केन्द्रीय नेता विमलेन्द्र निधि, प्रकाशशरण महत, भक्तपुरका सभापति दुर्लभ थापालगायतले झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । उनको आजै भक्तपुरको हनुमानघाटमा अन्त्येष्टि गरिने भएको छ ।

सुन्दर

Link copied successfully