पोल गाडेर बत्ती जडान थाली हाल्ने विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्र केन्द्रले जनाएको छ ।
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबार बन्चरे डाँडा ल्याण्डफिल साइटमा बत्ती जडानका लागि पोल झारेको छ । पोल गाडेर बत्ती जडान थाली हाल्ने केन्द्रले जनाएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार ल्याण्डफिल साइटको अनुगमन र स्थानीयसँगको अन्तरक्रियाको क्रममा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि तुरुन्तै बत्ती जडान सुरु गर्ने प्रतिबद्धता जनाएका थिए । लगत्तै प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र नुवाकोट वितरण केन्द्र प्रमुखलाई बत्ती जडानका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिएका थिए ।
यसैगरी, फोहोरबाट निस्कने लिच्चड व्यवस्थापनका लागि साइटमा पम्प आपूर्ति गरिसकिएको छ । स्थानीयसँग जनाइएको प्रतिबद्धता बमोजिम नियमित अनुगमन गर्न सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियरको संयोजकत्वमा काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका, ककनी गाउँपालिका र प्रत्यक्ष प्रभावित स्थानीयको प्रतिनिधित्व रहने गरी समिति पनि गठन गरिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।
