सानोथिमिस्थित बाल सुधार गृहबाट आज दिउँसो २० जना बाल बिजाइँकर्ता ढोका फोडेर फरार भएका थिए ।
काठमाडौँ — भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृहबाट आज २० जना बाल बिजाइँकर्ता ढोका फोडेर फरार भएका छन् । आज दिउँसो बाल बिजाइँकर्ताले सुधार गृहको ढोका फोडेर फरार भएका हुन् ।
फरार भएकाहरुमध्ये १५ जनालाई पुनः विभिन्न ठाउँबाट पक्राउ गरेको र बाँकीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगु जानकारी दिए ।
विगतमा पनि सुधार गृहमा बाल सुधार गृह भने पनि युवाहरूसमेत बन्दीका रूपमा राखेपछि सुधार गृहमा झडप र तोडफोड हुँदै आएको छ ।
