महानगरले डोजर चलाएपछि व्यवसायीको गुनासो– ‘लाखौँको क्षति भयो’

थापाथलीमा अनधिकृत संरचना हटाउने भन्दै काठमाडौं महानगरले डोजर चलाएपछि व्यवसायीले मारमा परेको बताएका छन् ।

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

Businessman complains after Metropolis uses bulldozer – ‘Lakhs of damage caused’

काठमाडौँ — काठमाडौंको थापाथलीमा शुक्रबार दिउँसो डोजर चल्यो । अनधिकृत संरचना हटाउने भन्दै काठमाडौं महानगरले डोजर चलाएपछि त्यहाँका व्यवसायी मारमा परेका छन् ।

थापाथलीको राममन्दिर नजिक महानगरले डोजर चलाएको ठाउँमा रौतहटका आदिल हुसेनले ग्यारेज सञ्चालन गरेका थिए । २० वर्षदेखि उनले त्यो ग्यारेजमा काम गरेका थिए । पछि आफैंले साहुसँग किनेका थिए ।  ‘हामीलाई दुई दिन अगाडि मात्र अल्टिमेटम दिइयो । हतार हतार गरेरै सामान सार्‍यौं । आज डोजरले भत्कायो,’ उनले भने ।

आदिलले हरेक महिना जग्गाको भाडा गुठी संस्थानलाई बुझाउने गरेको बताउँछन् । ‘भाडा ४१ हजार छ । केही समयअघि मात्र दुई महिनाको भाडा बुझाएको थिएँ । हामीलाई त अब लाखौंको क्षति भयो,’ उनले गुनासो पोखे । नजिक अरु पसल सञ्चालन गरिरहेकाहरू पनि त्यहाँ डोजर चलेपछि त्रसित बनेका छन् ।  

Businessman complains after Metropolis uses bulldozer – ‘Lakhs of damage caused’

१२ मंसिर २०७९ मा पनि महानगरले यही बस्ती खाली गराउने प्रयास गरेको थियो । त्यतिबेला अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाको टोली बस्ती खाली गराउने सूचना पाएपछि उक्त क्षेत्रका स्थानीयहरु प्रदर्शन गरेका थिए ।

कान्तिपुर

Link copied successfully