तिहार बिदाको समयमा यही कात्तिक ५ गते पक्राउ परेका धादिङको नीलकण्ठ नगरपालिका दुई घर भई हाल काठमाडौं बस्ने २२ वर्षकी रोजिना सुनार र चिनियाँ नागरिक झाओ झोङलाई आज म्याद थपिएको हो ।
काठमाडौँ — नेपाल प्रहरीले स्रोत नखुलेको ६९ लाख ८५ हजार रुपैयाँ रकम र सुनका गहनासहित पक्राउ गरेका दुई जनामाथि आठ दिन म्याद थप गरिएको छ ।
तिहार बिदाको समयमा यही कात्तिक ५ गते पक्राउ परेका धादिङको नीलकण्ठ नगरपालिका दुई घर भई हाल काठमाडौं बस्ने २२ वर्षकी रोजिना सुनार र चिनियाँ नागरिक झाओ झोङलाई आज म्याद थपिएको हो । दुवैलाई बिदा खुलेपछि आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सुनार बैंकिङ कसुरमा फरार रहेको अभिलेखसमेत पाइएको बताए ।
दुवै जनालाई नागर्जुन नगरपालिकास्थित सानो भर्याङमा अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको थियो । निजका साथबाट ६९ लाख ८५ हजार नगदसहित सुनको झुम्का चार थान, बाला चार थान र मोबाइल पाँच थान बरामद गरिएको थियो ।
