लागुऔषध गाँजासहित विमानस्थलबाट तीन भारतीय पक्राउ

पक्राउ पर्नेमा २५ वर्षीय हरगोविन्द सिंह, १९ वर्षीय समिर र २७ वर्षीय फिरोज अहमद सम्पद रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

कार्तिक ८, २०८२

रासस

Three Indians arrested at airport with drugs, marijuana

काठमाडौँ — लागुऔषध गाँजा जस्तो देखिने वस्तुसहित तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सात किलो २९५ ग्रामसहित पक्राउ परेका तीन जनालाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा २५ वर्षीय हरगोविन्द सिंह, १९ वर्षीय समिर र २७ वर्षीय फिरोज अहमद सम्पद रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । विमानस्थलको भन्सार क्षेत्रबाट उनीहरूलाई शुक्रबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरिएको उनले बताए । 

एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौँ आएका हरगोविन्द र समिरलाई तीन किलो ५४० ग्राम तथा इन्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका सम्पदलाई तीन किलो ६५५ ग्राम उक्त वस्तुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकालाई अनुसन्धान एवं कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो पठाइएको प्रवक्ता घिमिले बताए ।

रासस

Link copied successfully