प्रहरी दिवसमा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले नेपाल प्रहरीले आफ्‌नो स्थापनाकालदेखि नै कानुनी राज्यको मान्यताअनुरूप जनमुखी प्रहरी सेवाको प्रवर्द्धन गर्दै आमनागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताए ।

आश्विन ३१, २०८२

कान्तिपुर संवाददाता

Police Day awards ceremony

What you should know

काठमाडौँ — ७०औं प्रहरी दिवस २०८२ का अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी एवम् प्रहरीलाई सहयोग पुर्‍याउनेहरुलाई पुरस्कार र सम्मान प्रदान गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित कार्यक्रममा विशेष बढुवा प्राप्त भएका प्रहरी वृत्त महाराजगन्ज काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक हेमबहादुर बिक र जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ दाङमा कार्यरत प्रहरी हवल्दार संगीता अधिकारीलाई दर्ज्यानी चिह्व प्रदान गरिएको थियो । कर्तव्य निर्वाहको क्रममा प्रदर्शन गरेको अदम्य साहस र उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्यांकन गरी नीतिनिर्माण समितिको सिफारिसमा उनीहरूलाई १ तह विशेष बढुवा गरिएको हो । 

दिवसको सोही अवसरमा उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी निरीक्षक प्रकाश थापा, प्रहरी निरीक्षक अच्युत गिरी, प्रहरी निरीक्षक रवि घिमिरे, प्रहरी निरीक्षक सरस्वती कार्की, प्रहरी वरिष्ठ नायव निरीक्षक लेखनाथ आचार्य, प्रहरी वरिष्ठ नायव निरीक्षक रमेश कार्की, प्रहरी नायव निरीक्षक पदम शेर्पा, प्रहरी सहायक निरीक्षक अमिर श्रेष्ठ र प्रहरी सहायक हवल्दार कुमार बस्नेतलाई प्रशंसापत्र प्रदान गरिएको थियो । उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक राजेश सिलवाल, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी नायव निरीक्षक अशोक कार्की, उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठ र प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर खड्का तथा उत्कृष्ट व्यावसायिक आचरणतर्फ प्रहरी उपरीक्षक वासुदेव पाठकलाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो । 

यस्तै पुरस्कृत हुनेमा उत्कृष्ट विपद व्यवस्थापनको कार्य गर्ने प्रहरी निरीक्षक संजीब बोगटी, प्रहरी सहायक निरीक्षक उत्तमबहादुर भुजेल, प्रहरी सहायक निरीक्षक दिपक पुन, प्रहरी हवल्दार अख्तर मिया र प्रहरी जवान रोशना थापा, उत्कृष्ट प्रहरी कार्यतर्फ प्रहरी नायव उपरीक्षक मधुकुमार थापा, प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्का, प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेत, प्रहरी निरीक्षक शेरबहादुर बस्नेत, प्रहरी निरीक्षक अजयजंग थापा, प्रहरी वरिष्ठ नायव निरीक्षक विजयराज खनाल, प्रहरी नायव निरीक्षक गौरवकुमार दास र प्रहरी सहायक हवल्दार दिपक राई पनि थिए । 

उत्कृष्ट आन्तरिक तथा बाह्य प्रशिक्षकतर्फ प्रहरी निरीक्षक जमुना जोशी, प्रहरी जवान गणेश राना मगर र प्रहरी जवान दुर्गा थापा, उत्कृष्ट प्राविधिक प्रहरी पुरस्कारतर्फ प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्त, प्रहरी उपरीक्षक हरि डंगोल, प्रहरी नायव उपरीक्षक मोहन सिंह धामी, प्रहरी निरीक्षक ई. रितोष राय, प्रहरी वरिष्ठ नायव निरीक्षक शान्ति शाक्य, प्रहरी नायव निरीक्षक सन्तोष लामा, प्रहरी सहायक निरीक्षक रामबहादुर परियार (दमाई), प्रहरी सहायक निरीक्षक विद्या घले, प्रहरी हवल्दार भरत कुँवर र प्रहरी सहायक हवल्दार सुजन कार्कीलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 

उत्कृष्ट प्रहरी खेल प्रशिक्षक/खेलाडी पुरस्कारतर्फ प्रहरी जवान शान्तिकला तामाङ, उत्कृष्ट प्रहरी विद्यालय शिक्षक पुरस्कारतर्फ नेपाल प्रहरी विद्यालय धरान सुनसरीमा कार्यरत सागर कार्कीले  सम्मानपत्र, पुरस्कार तथा प्रमाणपत्र पाप्त गरे । नेपाल प्रहरी स्मारक गुठीका २ जना आजीवन सदस्यसहित नेपाल प्रहरीको काम, कारबाही तथा अनुसन्धानमा सहयोग पुर्‍याउने काठमाडौं नरेफाँटका द्रोणजंग श्रेष्ठलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । नेपाल प्रहरीसम्बन्धी उत्कृष्ट लेख रचनातर्फ भक्तपुर गठ्ठाघरका राजेशमान केसी र प्रहरी वरिष्ठ नायव निरीक्षक बिष्णु थापालाई नगद पुरस्कार तथा कदरपत्र प्रदान गरिएको थियो ।

नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने मोरङ विराटनगर महानगरपालिका–६ का तोरण कार्की र धनकुटा पाख्रिवास–८ का समन्त भद्र थापालाई कदरपत्र प्रदान गरिएको छ । प्रहरीलाई भौतिक संरचनालगायत निर्माणमा महत्वपूर्ण सहयोग गर्ने संस्था तथा सर्वसाधारणलाई समेत प्रहरीले कदरपत्रमार्फत सम्मान गरेको थियो । 

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले नेपाल प्रहरीले आफ्‌नो स्थापनाकालदेखि नै कानुनी राज्यको मान्यताअनुरूप जनमुखी प्रहरी सेवाको प्रवर्द्धन गर्दै आमनागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताए ।

प्रहरी संगठनप्रति आम नागरिकको विश्वास प्रहरी संगठनका लागि उर्जा शक्ति र मनोबल समेतको स्रोत भएको चर्चा गर्दै नागरिक केन्द्रित पारदर्शी, स्वच्छ, छिटोछरितो, प्रभावकारी र सेवाग्राहीमैत्री सेवा प्रवाहबाट मात्र प्रहरीप्रतिको विश्वासमा अभिवृद्धि सम्भव रहेको हुँदा गुनासो र पिरमर्का सम्बोधनमा कुनै किसिमको विलम्ब नहोस् भन्नेतर्फ संगठनका सबै सदस्यहरू सजग हुनुपर्नेमा जोड दिए । 

प्रहरी महानिरीक्षक खापुङले नेपाल प्रहरीप्रतिको नागरिकको विश्वास र स्नेह प्रगाढ रहेको तथ्य नेपाल प्रहरीको भौतिक विकासमा आम जनसमुदायबाट प्राप्त भएको सहयोगले पुष्टि गरेको चर्चा गर्दै यो स्नेह, विश्वास र भरोसाको जगेर्ना गर्दै सबै प्रहरी कर्मचारीहरू नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताए ।  प्रचलित कानुनको कार्यान्वयन तथा मानव अधिकारको संरक्षण र संवर्द्धनलाई उच्च प्राथमिकतामा राखी आमनागरिकका संविधानप्रदत्त हक अधिकारको संरक्षणमा सदैव सचेत रहनसमेत उनले निर्देशन दिएका थिए । 

७०औँ प्रहरी दिवसको अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रमको उद्घाटन भने गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका थिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावलगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

कान्तिपुर

Link copied successfully