नगरपालिकाले शुक्रबार शैक्षिक ऋण स्वीकृत भएका विद्यार्थीहरु र अभिभावकहरुलाई ऋण लिने र किस्ता तिर्ने विषयमा अभिमुखीकरण गरेको छ ।
काठमाडौँ — भक्तपुर नगरपालिकाले उच्च शिक्षा अध्ययन गर्न विद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखेर शैक्षिक ऋण उपलब्ध गराएको छ ।
आर्थिक वर्ष २०८२/८३ का लागि नगरभित्रका ९८ जनालाई शैक्षिक ऋण स्वीकृत गरेको नगरप्रमुख सुनिल प्रजापतिले बताए । नगरपालिकाले शुक्रबार शैक्षिक ऋण स्वीकृत भएका विद्यार्थीहरु र अभिभावकहरुलाई ऋण लिने र किस्ता तिर्ने विषयमा अभिमुखीकरण गरेको छ ।
स्नातक तह, स्नाकोत्तर तह र विद्यावारिधी गर्न नगरपालिकाले प्रतिविद्यार्थी ५ लाख रुपैयाँसम्म शैक्षिक ऋण दिने गरेको छ । नगरपालिकाले ६ प्रतिशत ब्याजदरमा शैक्षिक ऋण दिइँदै आएको छ ।
गत वर्षसम्म ७ सय ५१ जनाले शैक्षिक ऋण लिएर उच्च शिक्षा अध्ययन गरिरहेका छन् । केही विद्यार्थीहरु भने ऋणसमेत चुक्ता गरिसकेको नगरप्रमुख प्रजापतिले बताए ।
