भक्तपुरमा अहिले दैनिक २५० देखि ३०० जनासम्मले मतदाता नामावली दर्ता गराइरहेका छन्।
भक्तपुर — सरकारले निर्वाचनको मिति घोषणा गरेर मतदाता नामवाली दर्ताको लागि आह्वान गरेपछि भक्तपुरमा मतदाता नामावली दर्ता गर्नेको भीड लागेको छ।
जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गर्न मतदाताको भीड लाग्ने गरेको छ। निर्वाचन आयोगले असोज १० गतेबाट १६ वर्ष उमेर पुगेका नेपाली नगरिकता प्राप्त व्यक्तिहरुले मतदाता नामावलीका नाम दर्ता गर्न आह्वान गरेकोमा भक्तपुरमा अहिले दैनिक २५० देखि ३०० जनासम्मले मतदाता नामावली दर्ता गराइरहेका छन्। अहिलेसम्म एक हजार ९ सय ३ जनाले नाम दर्ता गराइरहेका छन्।
जसमा १८ वर्षदेखि २५ वर्ष उमेर समुहका युवाहरुको सहभागिता धेरै रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सुचना अधिकारी भीमबहादुर बीसीले बताए।
'नयाँ नामावली दर्तासँगै सच्याउने, दोहोरो नाम हटाउने, ठाउँ सारी गर्ने जस्ता कार्यका लागि मतदाताको भीड लागिरहेको छ, दैनिक ३०० जनासम्म सेवाग्राहीहरू आउनुहुन्छ,' सूचना अधिकारी बीसीले भने। आयोगका अनुसार मतदाता नमावली दर्ता गर्ने अन्तिम मिति कार्तिक ३० गते सम्म तोकिएको छ ।
