सामाखुसीमा रड प्रहार गरी कुकुर मारियो, पशु अधिकारकर्मीले दिए उजुरी

टोखाको सामाखुसीमा अपरिचित युवाहरूले फलामको रड र ढुंगाले सडक कुकुरलाई कुटपिट गरी हत्या गरेका थिए ।

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

A dog was killed by hitting a rod in Samakhushi, animal rights activists filed a complaint

काठमाडौँ — सामाखुसीस्थित सुप्रिम कलेज नजिक एउटा सडक कुकुरलाई रड प्रहार गरेर हत्या गरिएको भन्दै चार जनाविरुद्ध पशु अधिकारकर्मीले उजुरी दिएका छन् ।

प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कमा पशु अधिकारकर्मी इरफान खानलगायत ६ जनाले आइतबार उजुरी दिएका हुन् । शनिबार साँझ ६ बजे टोखा नगरपालिका-११ सामाखुसी सुप्रिम कलेज नजिक सडक कुकुरलाई अपरिचित तीन-चार युवाले फलामको रड र ढुंगाले निर्घात कुटपिट गरी हत्या गरेका थिए ।

पशु अधिकारकर्मी खानले यो घटनाको सीसीटीभी फुटेज आफ्नो फेसबुकमार्फत सावर्जनिक गरेका छन् । नेपालको प्रचलित कानुनमा कुनै पनि पशुप्राणीलाई निर्दयी व्यवहार गर्न, क्रूरतापूर्वक हत्या गर्न बन्देज पाइँदैन । यस्ता अपराध गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना गरिने प्रावधान छ । 

कान्तिपुर संवाददाता

Link copied successfully