माइतीघरबाट बिहीबार ४४ जना पक्राउ 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार जिल्ला प्रशासन कार्यालयलाई कुनै जानकारी नदिई आन्दोलन र प्रदर्शनका नाममा सडकमा उत्रिएका ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।

आश्विन २३, २०८२

विवेक पोख्रेल

44 people were arrested from Maitighar on Thursday

What you should know

काठमाडौँ — काठमाडौं प्रहरीले कानुनविपरीतका कार्य र अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा बिहीबार ४४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार जिल्ला प्रशासन कार्यालयलाई कुनै जानकारी नदिई आन्दोलन र प्रदर्शनका नाममा सडकमा उत्रिएका ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले पक्राउ परेकाहरुको बारेमा सूचना संकलन गर्दै थप अनुसन्धान गरिरहेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एनटेक–जेड नामक समूहले माइतीघर मण्डलामा प्रदर्शन गर्ने भनी दिएको निवेदन विचाराधीन अवस्थामा रहेको समयमा आयोजकले स्वयम् कार्यक्रम स्थगित गरेको भए पनि त्यसका नाममा अन्य समूहहरू सडकमा उत्रिने आशंकासहित  काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएको घुसपैठ, हुलहुज्जत, सरकारी सम्पत्तिको तोडफोड र आगजनीजस्ता घटना दोहोरिन सक्ने आशंमा जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासन सतर्क बनेको थियो । 

‘गत केही दिनयता सामाजिक सञ्जालमा पुरानो विषयलाई अतिरञ्जित ढंगले प्रस्तुत गर्दै आन्दोलनका विषय चलिरहेको थियो,’ प्रवक्ता भट्टराईले भने,‘भाद्र २३ र २४ गतेको जेन-जी आन्दोलन र सो पश्चात्‌का घटनाहरुको क्रममा भएको अराजक तत्त्वहरुको घुसपैठ, आगजनी, तोडफोडका घटनाहरु पुन: घट्न सक्ने, सर्वसाधारणको जीउधनको सुरक्षामा चुनौती हुन जाने, आपराधिक हर्कत हुन सक्ने जोखिम भएको हुँदा काठमाडौं क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्दै उनीहरुलाई नियन्त्रमा लिइएको हो ।’

उनका अनुसार आन्दोलनको पक्ष वा विपक्षबीच पनि प्रतिस्पर्धा वा द्वन्द्व हुन सक्ने देखेर प्रहरीले माइतीघर मण्डला क्षेत्रमा सुरक्षा बढाएको थियो । यस विषयमा गृह मन्त्रालयले समेत अवाञ्छित गतिविधि नगर्न/नगराउन अनुरोध गरेको थियो ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully