घटस्थापनादेखि आज बिहानसम्म ५ लाख ५३ हजार २ सय ६१ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।
काठमाडौँ — दसैंको चहलपहल सुरु भएसँगै साढे ५ लाखले सङ्घीय राजधानी काठमाडौं छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म ५ लाख ५३ हजार २ सय ६१ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।
काठमाडौं छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 'यात्रुको सहजता र सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली पनि सक्रिय छन् । ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ,' उनले भने ।
साथै दसैंको अवधिमा काठमाडौं उपत्यकामा ७२ हजार ४१ सवारी साधनबाट २ लाख ८५ हजार ३ सय ८ जना भित्रिएका छन् ।
