भीमसेनस्थान नजिकै घरमा लागेको आगो नियन्त्रणमा

प्रहरीका अनुसार नेपाली सेना, काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।

आश्विन १३, २०८२

रासस, दीपक केसी

A house fire near Bhimsensthan is under control

काठमाडौँ — काठमाडौँ महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा आगलागी भएको छ ।  

नेपाली सेना, काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले जानकारी दिइन्।

A house fire near Bhimsensthan is under control

उनले भने, 'बिहान करिब ४ आगलागी भएको थियो । दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ । क्षतिको विवरण सङ्कलन हुँदै छ ।'

रासस

दीपक केसी केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully