प्रदर्शनका क्रममा आगजनी गरिएका सवारी साधन जलेर थुप्रिएको फोहोर संघीय संसद् सचिवालयका कर्मचारीले सफाइ गरेका छन् ।
काठमाडौँ — दसैं बिदाको अघिल्लो दिन आइतबार संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नेतृत्वमा कर्मचारीहरूले संघीय संसद् सचिवालयको भवन नम्बर १ परिसरमा थुप्रिएको फोहोर सफा गरेको आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव अधिराज राईले जानकारी दिए ।
दसैं बिदाको अघिल्लो दिन आइतबार संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नेतृत्वमा कर्मचारीहरूले संघीय संसद् सचिवालयको भवन नम्बर १ परिसरमा थुप्रिएको फोहोर सफा गरेको आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव अधिराज राईले जानकारी दिए ।
भदौ २४ गतेको आन्दोलनमा भवन नम्बर २ परिसरमा रहेका सवारी साधनमा आगजनी गरिएको थियो । आगजनीबाट १८ वटा गाडी र ३६ वटा मोटरसाइकल नष्ट भएका छन् । आगजनीबाट जलेका सवारी साधनलाई पनि सचिवालय परिसरबाट अन्यत्रै व्यवस्थापन गरिएको छ ।
आगजनीबाट सिंहदरबारमा रहेका सचिवालयका दुवै भवन र काठघरहरू जोगिएका छन् ।
