आन्दोलनमा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका तीन जना प्रहरीका आश्रित परिवारलाई जनही १ लाख ५० हजार र घाइते एक जना प्रहरी कर्मचारीको उपचारका लागि ५० हजार गरी जम्मा ५ लाख रुपैयाँ आइतबार नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
काठमाडौँ — आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले भदौ २३ र २४ को आन्दोलनका क्रममा मारिएका नेपाल प्रहरीका आश्रित परिवार र घाइतेलाई रकम हस्तान्तरण गरेको छ ।
आन्दोलनमा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका तीन जना प्रहरीका आश्रित परिवारलाई जनही १ लाख ५० हजार र घाइते एक जना प्रहरी कर्मचारीको उपचारका लागि ५० हजार गरी जम्मा ५ लाख रुपैयाँ आइतबार नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
जेन–जीको अगुवाईमा भएको आन्दोलन पछिको प्रदर्शनका क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरी सहायक निरीक्षक मिलन राय, प्रहरी जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरका सहायक हवलदार अमृत गुरुङले ज्यान गुमाएका थिए ।