बालाजुचोकमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार 

बसको ठक्करबाट संखुवासभाका ६८ वर्षीय जशबहादुर मगरको मृत्यु भएको हो।

आश्विन २, २०८२

कान्तिपुर संवाददाता

Pedestrian killed by bus in Balajuchowk, driver absconding

काठमाडौँ — काठमाडौँको वनस्थली चोकमा आज बिहानै बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। 

काठमाडौं महानगरपालिका–१६ बनस्थली चोकमा बिहान करिब साढे ५ बजेको समयमा  बसको ठक्करबाट  ६८ वर्षीय जश बहादुर मगरको मृत्यु भएको हो।

संखुवासभाका उनी हाल बालाजु बनस्थलीमा बस्दै आएका थिए । उनलाई रिंगरोड चल्ने माहानगर यातायातको बाग्मती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको  बसले ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक अपिल राज बोहराले जानकारी दिए ।  

मगरको दुर्घटना स्थलमै मृत्यु भएपछि स्थानीयवासी करिब ७०–८० जना भेला भई चालकको खोजी र मृतकको शव तत्काल नहटाउन माग गरेका थिए। बस र शवलाई हटाउन रोक लगाइएको घटनास्थलमा प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर बिष्टको कमाण्डमा करिब ३५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिले पनि शव सडकमानै छ । 

प्रहरीका अनुसार ठक्कर दिने बस चालक फरार छन् र उनको खोजतलास तथा घटनाबारे थप अनुसन्धान जारी छ।

कान्तिपुर

Link copied successfully