इन्द्रायणीलाई द्यो छेँ भित्र्याउँदै जात्रा सम्पन्न

इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित शनिबार साँझ इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराइ इन्द्र दह अर्थात् सिद्धपोखरीमा ल्याएर सुरु भएको जात्रा आज साँझ त्यसैगरी इन्द्र दहबाट जात्रा गर्दै देवगृह पुर्याई इन्द्र देवतालाई आसनमा विराजमान गराएसँगै जात्रा सम्पन्न भएको हो ।

भाद्र २२, २०८२

रासस

The procession was completed by bringing in the lamp to Indrayani

भक्तपुर — इन्द्र दह अर्थात् सिद्धपोखरीबाट आइतबार साँझ बाजागाजाका साथ इन्द्र देवताको मूर्तिलाई खटमा राखी भक्तपुर देश यात्रा गर्दै भक्तपुर खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहमा भित्र्याएसँगै इन्द्रायणी जात्रा सम्पन्न भएको छ ।

इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित शनिबार साँझ इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराइ इन्द्र दह अर्थात् सिद्धपोखरीमा ल्याएर सुरु भएको जात्रा आज साँझ त्यसैगरी इन्द्र दहबाट जात्रा गर्दै देवगृह पुर्याई इन्द्र देवतालाई आसनमा विराजमान गराएसँगै जात्रा सम्पन्न भएको हो । शनिबार साँझदेखि रातभरि र आज दिनभरि लागेको मेला एवं जात्रामा इन्द्र दहमा स्नान गरी इन्द्रको पूजा गर्न दर्शनार्थीको घुइँचो लागेको थियो । 

नेपाल संवत् २१८ मा शक्तिशाली युवराजका रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलोपोखरी निर्माण गराएर स्नान गरेका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको संस्कृति एवं इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए । कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवर्धन पहाड औँलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा स्वरुप पनि इन्द्र दहमा मेला लाग्ने गरेको उनले बताए ।

राजतन्त्रको पराजय र जनताको विजयीका रुपमा पनि यो जात्रा मनाइने गरेको श्रेष्ठ बताउँछन् ।

रासस

Link copied successfully