गोंगबुबाट करिब ४ करोड अवैध रकमसहित एक जना पक्राउ

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले घरमा छापा मार्दा ३ करोड ७५ लाख रुपैयाँ फेला परेको छ भने केही पैसा गन्न अझै बाँकी रहेको छ ।

भाद्र १७, २०८२

विवेक पोख्रेल

One person was arrested from Gongbu with around 4 crore illegal money

काठमाडौँ — गोंगबुको एक घरबाट प्रहरीले झन्डै ४ करोड अवैध रकमसहित सुनको ढिक्का बरामद गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार उक्त घरमा प्रहरीले छापा मार्दा ठूलो परिमाणमा रकम र सुन फेला परेको हो ।

‘हामीले सूचनाका आधारमा छापा मार्दा ३ करोड ७५ लाख रुपैयाँ फेला परेका छौं । पैसा गन्ने क्रममा नै छौं,’ खनालले भने,‘पैसासँगै घरबाट सुनका ढिक्काहरु पनि बरामद भएका छन् ।’

त्यही घरबाट विनोदकुमार श्रेष्ठसमेत पक्राउ परेका छन् । प्रहरीले उनीसँग घटनाको बारेमा अनुसन्धान गरिरहेको बताएको छ । रकम कसको हो, कसले राखेको हो भन्नेबारे भने प्रहरीले अनुन्धान गरिरहेको खनालले बताए ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully