काठमाडौं प्रहरीमा दुई सातामा ४७ मृत्युको घटना दर्ता

काठमाडौंमा भदौ १ देखि १४ गतेसम्म विभिन्न घटनामा ४७ जनाले ज्यान गुमाएका छन् ।

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

47 deaths have been registered in Kathmandu Police in two weeks

काठमाडौँ — जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार दुई साताभित्रै ४७ वटा अलग–अलग घटनामा ४७ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्युको मुख्य कारण भने आत्महत्या देखिएको छ ।

एसपी बोहराका अनुसार झुन्डिएर आत्महत्या गर्नेको संख्या १६ र विष सेवन गर्नेको संख्या ४ जना रहेको छ । जुन १४ दिनमा प्रहरीमा दर्ता भएको मृत्युका घटनाको ४३ प्रतिशत हो ।

सोही समयमा अचानक मृत्यु भएकाको संख्या भने १३ जना, दुर्घटनामा मृत्यु हुनेको संख्या भने ७ जना रहेको छ। प्रहरीका अनुसार यो समयमा मोटरसाइकल दुर्घटनामा ३ जना, ट्याक्सी दुर्घटनामा १ जना, भवितव्य दुर्घटना मृत्यु २ जनासहित डुबेर हराएको संख्या १ जना रहेको छ ।

यसबाहेक कुटपिटका कारण १ जना, हत्या १ जना, नवजात शिशु मृत १ जना फेला परेका छन् । यसरी मृत्यु हुनेमा ४४ जना महिला र ९ जना पुरुष रहेका छन् । उमेर खुलेकामध्ये मृत्यु हुनेको संख्या २० देखि २९ वर्ष उमेर समूहका मानिसको संख्या बढि छ । प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार धेरैवटा मृत्युको घटनामा मानसिक स्वास्थ्य, गरिबी वा सहरी तनाव समेत जोडिएको छ ।

कान्तिपुर

Link copied successfully