यसरी थाहा पाइन्छ आत्महत्याको संकेत

आत्महत्या तथा आत्महानीको सोच आएमा ११६६ डायल गर्नुस् 

भाद्र २५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — हरेक १० सेप्टेम्बरमा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । आत्महत्या एक गम्भीर जनस्वास्थ्य समस्या हो । विभिन्न परिस्थितिसँग जुध्ने क्रममा उत्पन्न तीव्र लगातार मनोविचलनका अवस्थामा व्यक्तिले अन्तिम विकल्पका रुपमा बाध्यात्मक मृत्युवरण गरिने अवस्था आत्महत्या हो ।

आफ्ना समस्या तथा भावनाहरु पीडितले भन्न प्रयास गरिरहेका हुन सक्छन् त्यसैले उनीहरुको संकेत बुझिदिनुपर्छ । नजरअन्दाज गर्नुहुँदैन । उनीहरुको आनीबानी, व्यवहार र सोचलाई ध्यान पुर्‍याउन सकेको खण्डमा आत्महत्याको जोखिममा रहेको पहिचान गर्न सकिन्छ र समयमा बचाउन सकिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष अन्दाजी ७ लाख व्यक्तिहरुको मृत्यु आत्महत्याबाट हुने गरेको तथ्यांक छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा ६.५ प्रतिशत व्यक्तिहरुमा आत्महत्याको सोच र योजना रहेको पाइएको छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ८३० व्यक्तिहरुको आत्महत्याबाट मृत्यु भएको थियो। 

यदि कसैलाई आत्महत्याको सोच बारम्बार आइराख्छ भने, सामाजिक समस्या, मानसिक स्वास्थ्य समस्या र अत्यधिक तनावको बेला आत्महत्याको सोच आउँछ भने ११६६ नम्बरको हेल्पलाइनको सेवा दिएको छ जुन २४ सै घण्टा उपलब्ध छ र निःशुल्क पनि छ । यसमा तपाईंका समस्याहरुलाई मनोपरामर्शकर्ताले हल गर्ने प्रयास गर्नेछन् ।

आत्महत्या तथा आत्महानीका व्यवहारिक संकेतहरु कस्तो हुन सक्छन् ?

को हुन सक्छन् जोखिममा ?

आत्महत्याको सोच आएका व्यक्तिहरुलाई कसरी सहयोग गर्ने ?

कान्तिपुर

Link copied successfully