महानगर प्रहरी व्यक्तिको प्रतिनिधि हुनु हुँदैन : उपप्रमुख डंगोल

काठमाडौँमा आयोजित समारोहमा उपमेयर डंगोलले महानगर प्रहरीलाई संस्थाको प्रतिनिधि भएर काम गर्न आग्रह गरिन्।

भाद्र १४, २०८२

कान्तिपुर संवाददाता

Metropolitan police should not be a representative of a person: Deputy Chief Dangol

काठमाडौँ — काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर प्रहरीलाई व्यक्तिको प्रतिनिधि नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिएकी छन्।

३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उपमेयर डंगोलले यस्तो सुझाव दिइन्। महानगर प्रहरी मेयर बालेन्द्र साहको निर्देशनअनुसार मात्रै चल्ने गरेको भन्ने आरोपप्रति लक्षित गर्दै उनले फिल्डमा खटिँदा व्यक्तिको नभई संस्थाको प्रतिनिधि भएर खटिन आग्रह गरिन्। साथै कानुनी शासनको प्रतिनिधित्व गर्ने मानक स्थापित गर्न पनि आग्रह गरिन्।

डंगोलले भनिन्, ‘सदैव तपाईँहरूले बर्दी लगाएर फिल्डमा जाँदा- म कोही व्यक्तिको प्रतिनिधित्व होइन, म संस्थाको प्रतिनिधित्व गर्छु, म कानुनी शासनको प्रतिनिधित्व गर्छु भन्ने कुरा स्थापित गर्न सक्नुहोस्। यो शुभकामना छ तपाईँहरू सबै जनालाई।’

उनले काठमाडौँ महानगरपालिकामा सुशासन स्थापना गर्न र उदाहरण बन्नका लागि सबै नगर प्रहरीलाई आग्रह गरिन्।

कान्तिपुर

Link copied successfully