प्रहरीले अभद्र व्यवहारको आरोपमा ६ जनालाई पक्राउ गरी ५ दिनको म्याद थप गरेको छ। अनुसन्धान प्रक्रिया अझै जारी छ।
काठमाडौँ — प्रहरीले काठमाडौं महानगरपालिका–१५ स्वयम्भू स्तूप घुम्न आउने पर्यटकलाई जबर्जस्ती फोटो खिच्न लगाई बढी पैसा लिएर अनावश्यक हैरानी दिएको आरोपमा ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ, धुनिबेँशी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१५ बस्ने कौशल तामाङ, नुवाकोट, बिदुर नगरपालिका–४ घर भई नागार्जुन नगरपालिका–३ बस्ने टाइसन तामाङ, ककनी गाउँपालिका–१ घर भई नागार्जुन बस्ने सुवास तामाङ, सिन्धुली, सुनकोशी गाउँपालिका–१ घर भई नागार्जुन बस्ने सुक्चेन तामाङ, नुवाकोट, तारकेश्वर गाउँपालिका–१५ घर भई नागार्जुन बस्ने समिर तामाङ र काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका–११ घर भई बुढानिलकण्ठ बस्ने रोहित गौतम छन् ।
प्रहरीका अनुसार उनीहरूलाई अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
