चारदिने रक्तदान कार्यक्रममा एघार हजार नौ सय १६ पिन्ट रगत संकलन

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले चारदिनमा ११ हजार ९१६ पिन्ट रक्त संकलन गरेको हो ।

भाद्र ९, २०८२

कान्तिपुर संवाददाता

Eleven thousand nine hundred and sixteen pints of blood collected during the four-day blood donation program

काठमाडौँ — ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले चारदिनमा ११ हजार ९१६ पिन्ट रक्त संकलन गरेको छ । यही भदौ ६ गतेदेखि आजसम्म देशको विभिन्न स्थानमा गरिएका रक्तदान कार्यक्रममार्फत उक्त परिमाणमा रक्त संकलन गरिएको सो संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सो संस्थाको पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिज्यूको १८ औँ पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा रक्त संकलन गरिएको केन्द्रले जनाएको छ । केन्द्रले नेपाल र भारतमा गरी १०० घण्टामा एक लाख पिन्ट रक्त संकलन गर्ने लक्ष्य लिएको थियो । नेपालको काठमाडौँ, विराटनगर, नारायणगढ, राजविराज, वीरगञ्ज, पोखरा, दाङ, बुटवल, हेटौँडा, जनकपुर, भैरहवा, धनगढी, पाल्पा, बाग्लुङ र नेपालगञ्जमा रक्त संकलन गरिएको हो ।

भदौ ६ गते एकैदिनमा पाँच हजार ४७ पिन्ट रगत संकलन भएको थियो । सो परिमाणमा रगत संकलन हुनु नेपालको सन्दर्भमा हालसम्मकै उच्च रहेको विज्ञप्तिमा जनाइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully