काठमाडौंको धापासीमा पहिरो जाँदा सडक अवरुद्ध

पहिरोले टोखामा सडक अवरुद्ध गरेको छ भने विद्युत् सेवा ठप्प भएको छ। स्थानीयले पर्खालको कमजोर संरचना पहिरोको मुख्य कारण मानेका छन्।

भाद्र ७, २०८२

कान्तिपुर संवाददाता

A landslide blocked the road in Kathmandu's Dhapasi

काठमाडौँ — शुक्रबारको अविरल वर्षाका कारण काठमाडौंको धापासीस्थित टोखामा पहिरो गएको छ।

अविरल वर्षाका कारण टोखा नगरपालिका–४, धापासी लाम्पाखा चाकेमा पहिरो गएको हो। पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको छ। पहिरोले एउटा ट्रान्सफर्मरसहित ६ वटा पोल ढाल्दा सो क्षेत्रमा शुक्रबारबाटै विद्युत् आपूर्ति बन्द भएको छ। पहिरोसँगै रुख ढाल्दा सेल्सबेरीमा सामान्य क्षति पुगेको छ।

पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको छ। स्थानीयवासी प्रताप खत्रीले पर्खाल अग्लो भएकाले माटो बग्न थालेको बताउँछन्। वडाले पार्क बनाएपछि लगाएको पर्खाल भत्किएको उनले बताए । स्थानीय सुरेन्द्र श्रेष्ठले राम्रोसाग जग नखनी पर्खाल माथिबाटै लगाइएकोले पहिरो गएको हुनसक्ने बताए । पर्खालको जग राम्रोसँग नखको उनको आरोप छ।

स्थानीयहरूले पर्खाल केही दिनअघि चर्किएको तर प्लास्टिक लगाएर छेकेको बताएका छन् ।

कान्तिपुर

Link copied successfully