पीडितको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।
काठमाडौँ — वैदेशिक रोजगारीमा आकर्षक तलब दिने प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्युठानका ३९ वर्षीय शान्तबहादुर विक, काभ्रेका २६ वर्षीय प्रल्हाद खत्री, सिराहाका ४४ वर्षीय महमद हातीम र खोटाङका ४६ वर्षीय तारा बस्नेत तामाङ रहेका छन् ।
पीडितको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । विकले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख रुपैयाँ, खत्रीले कतार पठाइदिन्छु भन्दै तीन जनाबाट ७ लाख रुपैयाँ, हातीमले कतार पठाइदिन्छु भन्दै एक जनाबाट ३ लाख रुपैयाँ र बस्नेतले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै एक जनाबाट ५ लाख १७ हजार रुपैयाँ लिएको खुलेको छ ।
सम्पर्कविहीन बनेका उनीहरूविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट बिहीबार काठमाडौं र काभ्रेका विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । पक्राउ परेका चार जनालाई नै अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।
