सामाजिक सञ्जाल दुरुपयोग गर्ने युवक पक्राउ

साइबर ब्युरोका अनुसार मकवानपुर मनहरी गाउँपालिका–३ बस्ने ३९ वर्षीय मंगल सिंह प्रजा पक्राउ परेका हुन् । 

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

Young man arrested for abusing social media

काठमाडौँ — सामाजिक सञ्जालमार्फत व्यक्ति र संस्थालाई लक्षित गरी अमर्यादित अभिव्यक्ति दिई चरित्र हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । साइबर ब्युरोका अनुसार मकवानपुर मनहरी गाउँपालिका–३ बस्ने ३९ वर्षीय मंगल सिंह प्रजा पक्राउ परेका हुन् । 

व्यक्ति तथा संस्थालाई लक्षित गरी अमर्यादित अभिव्यक्ति सहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने, घृणा तथा द्वेष फैलाई चरित्र हत्या गर्ने लगायतको अमर्यादित गतिविधि गर्दै आएका कारण उनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक दिपकराज अवस्थीले जानकारी दिए । उनलाई मंगलबार ब्युरोको टोलीले काठमाडौं महानगरपालिका–१०,  शंखमुलबाट पक्राउ गरेको थियो । 

पक्राउ परेका प्रजालाई काठमाडौं जिल्ला अदालतबाट दुई दिनको म्याद लिई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

कान्तिपुर

Link copied successfully