काठमाडौँ — प्रहरीले सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई २० वर्षपछि गौशलाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–२ घर भएका ५० वर्षीय नानिराम खरेल रहेका छन् ।
खरेलले २०६२ भाद्र २५ गते तिलगंगा आँखा अस्पताल नजिक सडकमा बा १ ख ७१४४ नम्बरको मिनीबसले नुवाकोट घर भएका २७ वर्षका कमल तामाङलाई ठक्कर दिँदा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
