वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ९३ लाखभन्दा बढी ठगी पाँच जना पक्राउ

श्रावण ९, २०८२

प्रशान्त माली

Five people arrested for defrauding more than 93 lakhs by saying that they will send them to work abroad

काठमाडौँ — वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौं उपत्यकाबाट पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–९ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका–४ का साजन गुरूङ, ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका– १ का दिपक थापा, काठमाडौं कागेश्वरी मनोहरा नगपालिका–५ बस्ने दाङ घोराही उपमहानगरपालिका–१५ का टेकबहादुर केसी, ललितपुर महानगरपालिका–२३ बस्ने स्याङ्जा वालिङ नगरपालिका–७ का भरतप्रसाद पाण्डे र भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ बस्ने पर्वत विहादी गाउँपालिका–४ का प्रेमप्रसाद भुषाल रहेका छन् । 

प्रहरीका अनुसार पक्राउमध्ये साजनले जर्मनी पठाइदिन्छु भन्दै पीडितबाट १२ लाख ८० हजार रूपैयाँ, दिपकले जर्जिया पठाइदिन्छु भन्दै ६ लाख रूपैयाँ, टेकबहादुरले ग्रीस पठाइदिन्छु भन्दै २१ लाख रूपैयाँ, भरतले कोरिया पठाइदिन्छु भन्दै २० लाख रूपैयाँ र प्रेमले कोरिया पठाइदिन्छु भन्दै ३३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रशान्त

Link copied successfully