What you should know
पाटन — पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको निधन भएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले दिएको जानकारीअनुसार शनिबार शिक्षण अस्पताल महाराजगञ्जमा उनको ८९ वर्षको उमेरमा निधन भएको हो ।
'स्वर्गीय बज्राचार्यको शव अहिले महाराजगञ्ज अस्पतालमा नै राखिएको छ, उहाँका कान्छा छोरा विदेशबाट फर्किएपछि भोलि अन्त्येष्टि हुनेछ,' महानगर प्रमुख महर्जनले भने ।
२०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भएका बज्राचार्य त्यसअघि ०६० मा ललितपुरको नगरप्रमुख भएका थिए ।०२७ मा तत्कालीन ललितपुर पञ्चायत १७ को वडाध्यक्ष, २०३२ सालमा पहिलो पटक ललितपुरको प्रधानपञ्च भई उनले काम गरेका थिए । ०४६ मा प्रजातन्त्र आएपछि उनी एमालेबाट ०५४ मा ललितपुरको नगरप्रमुख भएका थिए ।
