छाउगोठमा कमलाको मृत्यु घटनाप्रति सर्वोच्च बार कानुन व्यवसायी महिला समितिद्वारा दु:ख व्यक्त

असार ३१, २०८२

कान्तिपुर संवाददाता

Supreme Bar Lawyers Women's Committee expressed grief over Kamala's death in Chhaugoth

काठमाडौँ — सर्वोच्च अदालत बार एशोसिएसन कानुन व्यवसायी महिला समितिले कञ्चनपुर कृष्णपुर नगरपालिका-१ निगालीकी ३० वर्षीया कमला आउजीको छाउगोठमा सर्पले डसाइबाट मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । 

समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कमलाको सर्पदंशबाट निधन भएको हृदयविदारक घटनाले आफूहरुलाई स्तब्ध बनाएको जनाएको छ ।

समितिले आउजीको मृत्यु नेपाली समाज, राज्य र कानुनप्रति भइरहेको निरन्तर उपेक्षा र संवेदनहिनताको गम्भीर परीणाम भएको जनाउँदै कानुन लागू गरेको ७ वर्ष हुँदासम्म पनि यसको प्रभावकारी कार्यान्वयन नभएको र राज्य संयन्त्रको उदासिनताका कारण यस्ता कुप्रथाहरु अहिलेसम्म पनि रहेको विज्ञप्तिमा जनाइएको छ । 

समितिले घटनामा संलग्न दोषीलाई कारबाहीको माग गरेको छ । त्यस्तै छाउगोठ मात्र नभई मानिसमा गढेको अन्धविश्वास, विभेद र अमानवीय संस्कारका गोठहरु भत्काउन सम्पूर्ण सरोकारवाला सक्रिय हुन आवश्यक रहेकोमा समितिले जोड दिएको छ । 

संविधानले प्रत्याभूत गरेको सम्मानपूर्ण बाँच्न पाउने हक, समानताको हक र महिलाको हकको प्रभावकारी कार्यान्वयन पनि समितिले सरकारसँग माग गरेको छ । 

Supreme Bar Lawyers Women's Committee expressed grief over Kamala's death in Chhaugoth

Supreme Bar Lawyers Women's Committee expressed grief over Kamala's death in Chhaugoth

कान्तिपुर संवाददाता

Link copied successfully