यूके पठाइदिन्छु भन्दै ३२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

असार २७, २०८२

प्रशान्त माली

Arrested person who cheated 32 lakh by saying that he will send it to UK

काठमाडौँ — वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूके पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । 

युके पठाइदिन्छु भन्दै १९ जना पीडितहरूबाट ३२ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेकी ललितपुर महानगरपालिका–२३ बस्ने नवलपरासी पूर्वसुनवल नगरपालिका–१ की बिन्दु पोखरेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो । महालक्ष्मी नगरपालिका–५ बाट पक्राउ परेकी पोखरेलविरुद्ध पीडितहरूले उजुरी दिएका थिए । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रशान्त

Link copied successfully