डेढ अर्बभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई भारतीय पक्राउ

असार २४, २०८२

कान्तिपुर संवाददाता

Two Indians arrested for dealing in cryptocurrency worth over one and a half billion

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डेढ अर्ब रुपैयाँभन्दा बढीको गैरकानुनी क्रिप्टोकरेन्सी कारोबारमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यका ४३ वर्षीय रुपेशकुमार गुप्ता र २३ वर्षीय विपिन कुमार रहेका छन् । दुवै जना हाल ललितपुर महानगरपालिका–२, सानेपामा बस्दै आएका थिए ।

सीआईबीको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई सोमबार सानेपा कालोपुलबाट पक्राउ गरेको हो । उनीहरुबाट नेपाली ८ लाख २० हजार रुपैयाँ, भारु १० हजार, ५ वटा मोबाइल, एउटा सीसीटीभी डीभीआर, संरक्षित वन्यजन्तु कस्तुरीको बिनालगायत बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत गैरकानुनी मुद्राको प्रयोगसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

कान्तिपुर संवाददाता

Link copied successfully