काठमाडौं — प्रहरीले कर्तव्य ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीलाई २४ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा म्याग्दी धौलागिरी गाउँपालिका–३ बस्ने दुर्गा नारायण बुढा र पर्स बहादुर बुढा रहेका छन् ।
प्रहरीका अनुसार पर्सबहादुर जिल्ला अदालत म्याग्दीको २०५९ फागुन २५ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका थिए । भने दुर्गा नारायण सोही अदालतको २०६६ असोज २६ गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर भई फरार रहेका थिए ।
उनीहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका–१ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय म्याग्दी पठाइएको प्रहरीले जनाएको छ ।
