लुटपाटमा संलग्न तीन जना पक्राउ

असार २३, २०८२

प्रशान्त माली

Three people involved in the robbery were arrested

काठमाडौँ — प्रहरीले लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका तीन जनालाई सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध घर भइ काठमाडौँ महानगरपालिका–१६ स्रोहखुट्टे नयाँबजार बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरणकुमार मोक्तान र टोखा नगरपालिका–१० श्रृजना टोल बस्ने २८ वर्षीय निलकुमार तामाङ रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले ठमेलमा भारतीय पर्यटकहरूलाई होटेल खोज्न सहयोग गरिदिन्छु भनी गोंगबु बसपार्क नजिक रहेको धुव्रतारा कम्प्लेक्सको छैटौं तल्लामा लगी कुटपिट तथा लुटपाट गरी फरार रहेका थिए ।

उजुरीको आधारमा अनुसन्धानकोक्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौँ नयाँबजारबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रशान्त

Link copied successfully