विभिन्न देश पठाइदिन्छु भन्दै एक करोड ९२ लाख ठगी गर्ने पक्राउ

असार २३, २०८२

प्रशान्त माली

One crore 92 million fraudster arrested by saying that he will send it to different countries

काठमाडौँ — प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–६ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–६ घर भएका फिन्चु लामा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने संखुवासभा खाँदबारी नगरपालिका–३ घर भएका उत्तम खड्का रहेका छन् । 

प्रहरीका अनुसार लामाले लिथुआनिया, रोमानियालगायतका देश पठाइदिन्छु भन्दै ४५ जनाबाट १ करोड ८० लाख ९३ हजार रुपैयाँ र खड्काले सर्बिया पठाइदिन्छु भन्दै पीडितबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए ।

उनीहरूलाई पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौंको विभिन्नस्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रशान्त

Link copied successfully