काठमाडौँ उपत्यकामा लागूऔषध दुर्व्यवसनीको बिगबिगी छ : प्रहरी महानिरीक्षक थापा

असार १२, २०८२

कान्तिपुर संवाददाता

Drug addiction is rampant in Kathmandu Valley: Inspector General of Police Thapa

काठमाडौँ — नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापाले काठमाडौँ उपत्यकामा लागूऔषध दुर्व्यवसनीको बिगबिगी रहेको बताएका छन्।

उनले लागूऔषध नियन्त्रणका लागि सबैको ऐक्यबद्धता आवश्यक हुने बताए। बिहीबार काठमाडौंमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले काठमाडौं उपत्यकामा लागूऔषधको बिगबिगी बढिरहेको बताए। त्यसलाई मध्यनजर गरी नेपाल प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर लागूऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेको बताए।

सबै पालिका, सबै तह तप्का र विद्यालय तहमा लागूऔषध विरुद्धको अभियानमा सचेतनामुलक कार्यक्रम लिएर अघि बढिरहेको बताए। लागूऔषधको डिमाण्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर योजना बनाइ अघि बढ्न जरुरी रहेको बताए। नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आर्थिक वर्षमा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशतले बरामद गरेको जानकारी दिए। 

उनले भने, ‘काठमाडौं उपत्यकामा लागूऔषधको बिगबिगी बढिरहेको छ। अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर हामीले लागूऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेका छौँ । हामीले सबै पालिका, सबै तहतप्का र विद्यालय तहमा हामीले लागुऔषध विरुद्धको अभियानमा सचेतनामुलक कार्यक्रम लिएर जाँदैछौँ । सबैको ऐक्यबद्धता भए लागूऔषध दुर्व्यवसनी हामी नियन्त्रण गर्न सक्छौँ । डिमाण्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर हामीले कार्यक्रम बनाउन जरुरी छ। नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आर्थिक वर्षमा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशतले बरामद गरेको छ ।’

उनले लागूऔषधको न्युनीकरण, रोकथाम र नियन्त्रणको विषय गम्भीर बन्दै गइरहेको बताए। लागूऔषधको नियन्त्रण र निवारणमा समयमै सबै एकजुट हुन नसके उत्पादनशील र सिर्जनशील युवा जनशक्ति गुमाउनुपर्ने अवस्था रहेको बताए।

कान्तिपुर

Link copied successfully