'असईमा नाम निकालिदिन्छु' भन्दै ठगी गर्ने पक्राउ

असार १०, २०८२

कान्तिपुर संवाददाता

Fraudster arrested saying 'I will reveal name in Asai'

काठमाडौँ — प्रहरी सहायक निरीक्षक (असई) पदमा नाम निकालिदिन्छु भनि पैसा ठगी गर्ने सोमकौशिक क्षेत्री पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सोमबार काठमाडौं १५ मा बसोबास गर्दै आएका ४७ वर्षीय क्षेत्रीलाई काठमाडौं नागार्जुन नगरपालिका–७, रामकोटबाट पक्राउ गरेको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार क्षेत्रीले नाम निकाल्दिने भन्दै चार लाख एकानब्बे हजार रुपैयाँ लिगेको उजुरीको आधारमा पक्राउ गरिएको हो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।   

कान्तिपुर

Link copied successfully