काठमाडौँ — प्रहरीले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा भारत महाराष्ट्र घर भएका ५६ वर्षीय गोपालप्रसाद खडानन्द गौलीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार खडानन्द गौली र पीडित महिनाबीच फेसबुकमा साथी रहेको र म्यासेन्जरमा कुराकानी हुने गरेको थियो ।
गौलीले भेटघाटका क्रममा पीडितसँग खिचेका तस्विर बदनाम गराउने उद्देश्य भिडियो बनाई युट्युबमा प्रसारण गरी चरित्र हत्या गरेको आरोप छ ।
साइबर ब्युरोबाट खटिएको प्रहरीले घटना अनुसन्धानको क्रममा गोपाललाई काठमाडौं महानगरपालिका–९ तिलगंगाबाट पक्राउ गरेको हो । उनीउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
