थापाथलीमा बिजुलीको पोलमा आगलागी [तस्बिरहरु]

असार ८, २०८२

दीपक केसी

Electric pole fire in Thapathali [Photos]

काठमाडौँ — तार सर्ट भएर थापाथलीस्थित बिजुलीको पोलमा आइतबार आगलागी भएको छ । नेपाल खाद्य संस्थान कार्यालय नजिक दिउँसो साढे ४ बजेतिर आगलागी भएको हो ।

इन्टरनेट, फोनलगायतको केबलबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । आगलागी दमकलको सहायतामा केही समयमै निभाइएको छ ।

आगलागीका कारण सिंहदरबार आसपास, माइतीघर र थापाथली क्षेत्रमा केहीबेर यातायात सञ्चालन अवरुद्ध भएको थियो । अव्यवस्थित तारका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा बेला-बेलामा यस्ता घटना हुने गरेका छन् ।  

Electric pole fire in Thapathali [Photos]

Electric pole fire in Thapathali [Photos]

Electric pole fire in Thapathali [Photos]

Electric pole fire in Thapathali [Photos]

Electric pole fire in Thapathali [Photos]

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully