बोसनिया र मलेसिया पठाइदिन्छु भन्दै १२ जनासँग १२ लाख ठगी गर्ने पक्राउ

असार ३, २०८२

कान्तिपुर संवाददाता

Arrested for swindling 1.2 million with 12 people saying they would send them to Bosnia and Malaysia

काठमाडौँ — प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बोसनिया र मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बस्ने लमजुङ दोर्दी गाउँपालिका–५ घर भएका दिपेन्द्र गुरूङ र काठमाडौं महानगरपालिका–१५ बस्ने सर्लाही बरहथवा नगरपालिका–१ घर भएका रूपी माया रहेका छन् । 

प्रहरी अनुसार पक्राउमध्ये दिपेन्द्रले बोसनिया पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ७ लाख रूपैयाँ र रूपीले मलेसिया पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ५ लाख ५७ हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए ।

उनीहरुलाई पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully