क्यानडा र यूके पठाइदिन्छु भन्दै २६ लाख ठग्ने पक्राउ

असार २, २०८२

कान्तिपुर संवाददाता

Arrested for swindling 2.6 million by saying that he will send it to Canada and UK

काठमाडौँ — प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–११ बस्ने कपिलवस्तु शिवराज नगरपालिका–५ घर भएकी दीपा शर्मा र झापा भद्रपुर नगरपालिका–४ घर भएका व्रिजेश सुवेदी रहेका छन् । 

प्रहरीका अनुसार पक्राउ परेकामध्ये दीपाले क्यानडा पठाइदिन्छु भन्दै पीडितबाट २३ लाख ५० हजार रूपैयाँ र व्रिजेशले यूके पठाइदिन्छु भन्दै २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए ।

दुवैलाई पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये दीपालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र व्रिजेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully