तथ्यहीन कन्टेन्ट बनाएको आरोपमा टिकटकर रमा बस्नेत पक्राउ

असार १, २०८२

कान्तिपुर संवाददाता

Ticketkar Rama Basnet arrested for creating untrue content

काठमाडौँ — भिडियो सेयरिङ प्लाटफर्म, टिकटकमार्फत तथ्यहीन र भ्रामक सामग्री फैलाएको आरोपमा प्रहरीले ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार उनलाई जातीय तथा साम्प्रदायिक उत्तेजना फैलाउने आशंकामा पक्राउ गरेको जनाएको छ । 

ब्युरोका अनुसार बस्नेतले टिकटकमा नियोजित ढंगले तथ्यहीन र भ्रमपूर्ण सामग्री पोस्ट गर्दै प्रतिष्ठित व्यक्ति तथा संस्थामाथि लक्षित आक्षेप लगाएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले टिकटक लाइभमार्फत मधेशी समुदायलाई होच्याउने गरी बोलेको र उनका सामग्रीहरूबाट नकारात्मक धारणा फैलाउने तथा चरित्र हत्या गर्ने उद्देश्य देखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी युवती खोटाङ, हलेसीतुवाचुङ-६ की स्थायी बासिन्दा रहेको र हाल भक्तपुर बस्दै आएको प्रहरीले जनाएको छ । उनलाई इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी भक्तपुरबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । 

काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार उनलाई तीन दिन थुनामा राखेर थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाकारी दिएको छ । 

कान्तिपुर

Link copied successfully