महानगरपालिकाको केन्द्रीय कार्यालयकै पिउने पानीमा भेटियो कोलिफर्म, दुई लाख जरिवाना

जेष्ठ २७, २०८२

रासस

Coliform was found in the drinking water of the central office of the Metropolitan Municipality, a fine of two lakhs

काठमाडौँ — काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा प्रयोग हुँदै आएको पिउने पानीमा कोलिफर्म भेटिएपछि दुई लाख रुपैयाँ जरिवाना तोकेको छ ।

जरिवानासँगै कामपाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता पनि भङ्ग गरेको छ । कामपामा पिउने पानी आपूर्ति गरिरहेको सी एन इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । उनका अनुसार पत्रमा भनिएको छ, 'यस कार्यालयमा सप्लाइ भई आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । कामपा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम दुई लाख रुपैयाँ जरिवाना तोकिएको छ ।'

रासस

Link copied successfully