‘डग मदर’ देउलाको १० औं स्मृति दिवसमा दीप प्रज्वलन

जेष्ठ २४, २०८२

कान्तिपुर संवाददाता

Lighting of the lamp on the 10th anniversary of 'Dog Mother' Deula

काठमाडौँ — 'कुकुरकी आमा' का नामले प्रख्यात ज्ञानी देउलाको १० औं पुण्य तिथिका अवसरमा शनिबार साँझ कमलादीस्थित गणेश मन्दिर क्षेत्रमा दीप प्रज्वलन गरिएको छ ।

दीप प्रज्वलन कार्यक्रममा देउलाको परिवार, आफन्तजनका साथै सामाजिक क्षेत्रमा सक्रिय विभिन्न संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । उनीहरुले ज्ञानीको करुणामय जीवनको स्मरण गर्दै श्रद्धापूर्वक उनको सम्झना गरेका थिए ।

Lighting of the lamp on the 10th anniversary of 'Dog Mother' Deula

अहिलेको अवस्थामा सामुदायिक र अलपत्र कुकुरहरुको स्याहार सुसारमा धेरै संघ संस्था खुलेपनि व्यक्तिगत रुपमा सामुदायिक कुकुरको स्याहार सुसार गर्नेमध्ये ज्ञानी देउला पहिलो रहेको परिवारको दाबी छ ।

Lighting of the lamp on the 10th anniversary of 'Dog Mother' Deula

कमलादी गणेशथान मन्दिर नजिकै बस्ने देउलाले बेसहारा कुकुरहरूको माया, स्याहार र संरक्षण गर्दै आएकी थिइन् । कुकुरलाई सन्तानझैं माया गर्ने उनले कहिले चोट लागेका त कहिले फ्याँकिएका कुकुरहरूलाई बचाउँथिन् । उनीहरूको खाना, बास, र औषधिसमेतको व्यवस्था गर्दै आइरहेकी थिइन् ।

Lighting of the lamp on the 10th anniversary of 'Dog Mother' Deula

आर्थिक अभाव, टहराको समस्याजस्ता चुनौतीबीच पनि उनले आफ्नो करुणामय जीवनलाई कुकुरहरूको सेवामा समर्पण गरेकी थिइन् ।

कान्तिपुर

Link copied successfully