कीर्तिपुरको खाजाघरमा जुवा खेलिरहेका ७ जना पक्राउ

दुई लाख रुपैयाँभन्दा बढी बरामद

जेष्ठ २३, २०८२

कान्तिपुर संवाददाता

7 people were arrested for gambling in a cafeteria in Kirtipur

काठमाडौँ — कीर्तिपुरस्थित एक खाजाघरमा जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । बुधबार कीर्तिपुर नगरपालिका–५, राराहिलमा रहेको एक खाजाघरमा जुवातास खेल भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–८ पाँगाका ४५ वर्षीय राजकुमार महर्जन, ५२ वर्षीय मखनलाल महर्जन, ४२ वर्षीय अरेन्द्र महर्जन, ४० वर्षीय उज्वल महर्जन, ४४ वर्षीय जितेन्द्र महर्जन, ४७ वर्षीय सुमन सिंह र ३९ वर्षीय राकेश महर्जन रहेका छन् ।

उनीहरूबाट नगद दुई लाख सात हजार सात सय पैतीस रुपैयाँसहित तीन थान तासका बुक बरामद गरिएको बोहराले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully