४५ लाख रुपैयाँबराबरको सुनसहित नागढुंगाबाट १ जना पक्राउ

जेष्ठ २३, २०८२

कान्तिपुर संवाददाता

1 person arrested from Nagadhunga with gold worth 45 lakh rupees

काठमाडौँ — ४५ लाख रुपैयाँबराबरको सुनसहित नागढुंगाबाट १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार बिहीबार राति नागढुंगाबाट भारत पश्चिम बंगालका ३१ वर्षीय महादेव सामन्त सुनसहित पक्राउ परेका हुन् ।

चन्द्रागिरी नगरपालिका-२ नागढुंगास्थित चेकप्वाइन्टमा काँकडभिट्टाबाट काठमाडौं र्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ३१३९ नम्बरको यात्रुवाहक बसमा प्रहरी प्रभाग नागढुंगा तथा लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुंगाले चेक गर्न सामन्तलाई सुनसहित पक्राउ गरिएको हो ।

उनलाई पैंतालीस लाख त्रिसठ्ठी हजार आठ सय छब्बीस रुपैयाँबराबरको २७४.८३ ग्राम सुनसहित नियन्त्रणमा लिई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully