चिडियाखानाबाट रेड पान्डा चोरेर भाग्न खोज्ने २ जना पक्राउ

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

2 arrested for stealing red panda from zoo and trying to escape

काठमाडौँ — ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानाबाट दुर्लभ जनावर रेड पान्डा (हाब्रे) चोरी गर्न खोज्ने दुई जना पक्राउ परेका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कृष्ण गुरुङ र मोहमद तफिकलाई स्वयम्भूबाट पक्राउ गरेको छ।

गत वैशाख ३० गते राति करिब १० बजे चिडियाखानाबाट रेड पान्डा चोरीको प्रयास भएको सूचना पाएपछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको थियो। प्रहरीले घटनास्थलबाट पेचकस, रेड पाण्डा राखिएको झोला, जुत्तालगायतका केही सामग्री बरामद गरेको छ।

अनुसन्धानका क्रममा भारतका दुई जना नागरिकसहित काठमाडौंको स्वयम्भू क्षेत्रमा बस्दै आएका मोहमद तफिक नाम गरेका व्यक्ति चिडियाखानामा पटक–पटक घुम्न आउने, सीसीटीभी क्यामेराले नदेखिने ठाउँ, झ्याल र ढोकाबारे जानकारी लिने गरेको अनुसन्धानमा खुलेको छ । 

2 arrested for stealing red panda from zoo and trying to escapeउनीहरूले चिडियाखानाबाट झोलामा हालेर निस्कन खोज्दा रेड पान्डा चिच्याएपछि कर्मचारीले थाहा पाएका थिए । त्यसपछि उनीहरू रेड पान्डालाई निगालो घारीमा छाडेर भागेका थिए । उनीहरूमाथि चोरी उद्योगको आरोपमा मुद्दा दर्ता गरी अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आईयूसीएनले लोपोन्मुख सूचीमा राखेको रेड पान्डालाई  साईटिस महासन्धिअन्तर्गतको अनुसूची १ मा राखिएको छ । बाँसका पात खाने यो जीवले स-साना किरा र अन्डा पनि खाने गरेको विभिन्न अनुसन्धानले देखाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully