बुद्धिजीवी परिषद्को अध्यक्षमा थपलिया

जेष्ठ १९, २०८२

रासस

He was added as the Chairman of the Council of Intellectuals

काठमाडौँ — नेपाल बुद्धिजीवी परिषद्को अध्यक्ष पदमा इञ्जिनियर गजेन्द्रप्रसाद थपलिया निर्वाचित भएका छन्। गतराति सम्पन्न अधिवेशनले उनीसहित  ९९ सदस्यीय नयाँ कमिटी चयन भएको हो ।  यसैगरी परिषद्को उपाध्यक्षमा गोविन्द्र शाही,सचिव डा अर्जुनकुमार सिंह चयन भएका छन्।

अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा मात्र निर्वाचन भएको जनाइएको छ । अधिवेशनले महिला उपाध्यक्षमा राधा अधिकारी, महासचिव दीपेन्द्र श्रेष्ठ, उपमहासचिव सुशील विक, विदेशी मामिला सचिव डा लाक्पा शेर्पा, प्रचार सचिव डा टीका ढकाल तथा आर्थिक सचिव कृष्णकुमार लम्साल सर्वसम्मत चयन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार परिषद्को ११औँ राष्ट्रिय अधिवेशनले उद्घाटन गरेका थिए। 

रासस

Link copied successfully